विश्वकप
उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्ने

पोखरा ।
कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति लुसेल आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।
मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिना क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगेको हो । यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन् ।
१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो । अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो । त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन ।
१९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो । यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो । फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ । २००६ मा इटलीसँग पराजित भएको थियो । यो उसको चौथो फाइनल हो ।
डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जितेको अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्काे अवसर छ ।
फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई उपाधि जितेको छ ।
फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।
पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो । यी दुईबीच सन् १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १–० ले पराजित गरेको थियो । यस्तै सन् १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३–१ ले पराजित गरेको थियो । यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।
- अर्जेन्टिना र फ्रान्सबीच अहिलेसम्म भएका खेल
वर्ष खेल नतिजा इभेन्ट - १ १९३० फ्रान्स ०–१ अर्जेन्टिना फिफा विश्वकप
२ १९६५ फ्रान्स ०–० अर्जेन्टिना मैत्रीपूर्ण खेल
३ १९७१ अर्जेन्टिना ३–४ फ्रान्स मैत्रीपूर्ण खेल
४ १९७१ अर्जेन्टिना २–० फ्रान्स मैत्रीपूर्ण खेल
५ १९७२ अर्जेन्टिना ०–० फ्रान्स ब्राजिल इन्डेपेन्डेन्स कप
६ १९७४ फ्रान्स ०–१ अर्जेन्टिना मैत्रीपूर्ण
७ १८७७ अर्जेन्टिना ०–० फ्रान्स मैत्रीपूर्ण खेल
८ १९७८ अर्जेन्टिना २–१ फ्रान्स फिफा विश्वकप
९ १९८६ फ्रान्स २–० अर्जेन्टिना मैत्रीपूर्ण
१० २००७ फ्रान्स ०–१ अर्जेन्टिना मैत्रीपूर्ण
११ २००९ फ्रान्स ०–२ अर्जेन्टिना मैत्रीपूर्ण
१२ २०१८ फ्रान्स ४–३ अर्जेन्टिना फिफा विश्वकप









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया