बुद्ध विशाल बजारका पुरस्कार विजेता घोषणा

पोखरा ।
पोखराको बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले नेपालीहरुका चाडपर्व दसैं, तिहारलाई लक्ष्य गरी ल्याएको ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तर्गत अन्तिम पुरस्कार विजेता छनोट गरेको छ ।
पहिलो पुरस्कार डियो स्कुटर विजेता टिकट नम्बर ४३१२५ रहेको छ भने दोस्रो पुरस्कार स्मार्ट टिभी टिकट नम्बर ६१७८० र तेस्रो पुरस्कार स्मार्ट फोन टिकट नम्बरहरू ८२९७६, १९९१३ र ६०८१७ ले पाएका छन् ।
संस्थाका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरका ३ जनालाई प्रदान गरिने बताए ।
उनले ग्राहकलाई व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सयभन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन निशुल्क उपलब्ध गराइएको उल्लेख गरे ।
संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रमका संयोजक थमनसिंह गुरुङले उपहार कार्यक्रम साउन १ गतेदेखि ५ महिनासम्म सञ्चालन भएको बताए । बुद्ध विशाल बजारभित्र करिब २ सय सटरमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, वित्तीय संस्था, रेस्टुरेन्ट, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया