मेजर दिलबहादुरलाई सनकमान पुरस्कार
समाधान संवाददाता
२०७९ पुष ३ गते १४:१४

पोखरा ।
सनातन धर्म सेवा समिति कास्कीले समाजसेवी मेजर दिलबहादुर गुरुङलाई यस वर्षको सनकमान श्रेष्ठ स्मृति पुरस्कारबाट सम्मान गर्ने भएको छ । । पुरस्कारको राशि नगद २० हजार १ रुपैयाँ र अभिनन्दन पत्र छ ।
वि.सं. १९९६ मा जन्मिएका गुरुङ हाल पोखरा ८ बगालेटोलमा बस्दछन् । तमु धिं नेपालका सल्लाहकार एवं संरक्षण गुरुङले कालाभैरव मन्दिर, राम्चेदेवी मन्दिर, पञ्चासेधाममा आर्थिक सहयोग गर्नुका साथै असल छिमेकी संघ (गोनेसा) का माध्यमबाट विद्यार्थीलाई उनले सहयोग गर्दै आएका छन् ।
यसअघि यो पुरस्कारद्वारा समाजसेवी प्रज्ञारत्न बज्राचार्य, अमृतप्रसाद शेरचन, हेमबहादुर प्रधान, लीलाभक्त आचार्य, नासु बिलबहादुर गुरुङ, पं. ताराप्रसाद उपाध्याय, हेरम्बप्रसाद कोइराला लगायत सम्मानित भइसकेका छन् ।
सम्बन्धित








नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया