माछापुच्छ्रे क्यापिटलको सभा
समाधान संवाददाता
२०७९ पुष ३ गते १४:१७

पोखरा ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा भएको छ । सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, २०७९/८० का लागि लेखा परीक्षक नियुक्ति, स्वतन्त्र सञ्चालक नियुक्ति तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधन पारित भएका छन् ।
सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेले हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको बताए ।
कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फन्ड, विशिष्टकृत लगानी कोष लगायतका थप सेवासहित बजारमा आउने योजना उनले सुनाए । कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पनि बोलेका थिए ।
सम्बन्धित








नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया