भूपू सैनिक संगठनको ५२ औं शिंगो दिवस

पाेखरा ।
५/३ गोर्खा राईफल (शिंगो) भारतीय भूपू सैनिक संगठन पोखरा कास्कीले आफ्नो पल्टनको ५२ औं शिंगो विजय दिवस समारोह विभिन्न कार्यक्रम गरि शनिबार मनाएको छ ।
कान्तिपुर पार्टी प्यालेस पोखरामा कर्नल डिबि गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको कर्नल गुरुङले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
पल्टनले १९७१ मा ईण्डो–पाक बिच भएको सिमा विवाद लडाईमा भारतिय सेना ५/३ गोर्खा राईफल (शिंगो) पल्टनमा कार्यरत गोर्खा सैनिकहरुले हाथीमाथा पहाडमा डिसेम्बर १७ तारिखका दिन बिजय हासिल गरि भारत देशमा संरक्षण गर्न सफल भएको थियो ।
सोही दिन देखि ५/३ गोर्खा राईफल (शिंगो) पल्टनमा सेवारत सैनिकहरु तथा सो पल्टनबाट अवकाश प्राप्त भूपू सैनिकहरुले पनि शिंगो दिवसको रुपमा भूपू संगठनको आयोजनामा गण्डकी प्रदेशका ५/३ गोर्खा राईफल (शिंगो) पल्टनका भूपू सैनिकहरु उपस्थित भै विभिन्न कार्यक्रम गरि मनाउदै आइरहेको छ ।
१९७१ डिसेम्बर १७ तारिखमा लडाईमा बिरगति प्राप्त सैनिकहरुको फोटोमा प्रमुख अतिथी भूपू कर्नल दुर्गाबहादुर गुरुङ र विशिष्ट अतिथी भूपू मेजर गमबहादुर गुरुङ र ५/३ गोर्खा राईफल (शिंगो) भूपू सैनिक संगठन पोखरा कास्कीका अध्यक्ष भूपू क्याप्टेन टंकबहादुर घलेले फुलमालाद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा ५/३ गोर्खा राईफल (शिंगो) भूपू सैनिक संगठन पोखरा कास्कीका उपाध्यक्ष भूपू सिएचएम खिमबहादुर गुरुङले शिंगो विजय दिवसको बारेमा प्रष्ट पारेका थिए ।
सोही अवसरमा शिंगो दिवसमा सहभागी बीर नारीहरु, आर्थिक सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकार तथा भूपू सैनिका परिवारहरुद्वारा साँस्कृतिक प्रतिभाहरुको पनि प्रदर्शनका साथै दिवा भोजनको समेत आयोजना गरिएको थियो । भूपू सैनिक तथा सैनिकका परिवारहरु गरि करिव ३ सय ५० जनाको उपस्थिति रहेको शिंगो दिवस कार्यक्रमको संगठनका अध्यक्ष भूपू क्याप्टेन टंकबहादुर घलेको अध्यक्षता, संगठनका उपाध्यक्ष सिएचएम खेमबहादुर गुरुङको स्वागत र संगठनका सचीव भूपू क्याप्टेन बुद्धि बहादुर थापा र सह सचीव सिएचएम जीवन कुमार गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र हस्ताण्तरण गरिएको थियो ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया