कैलाश सहकारीको सभा

पोखरा ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । एक विशेष समारोहका बिच सहकारीले ११ औं साधारण सभा सम्पन्न गरेको हो ।
१९७ शेयर सदस्य रहेको उक्त संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ । पोखरा फ़ोटोग्राफ़र संघका सदस्यद्वारा सञ्चालित कैलाश सहकारीले आफ्नै फ्रेम उद्योग समेत सञ्चालन गरेको छ ।
सहकारीले आफ्नै उद्योग सञ्चालन गरी आफ्ना सदस्यलाई आफ्नै उद्योगबाट उत्पादीत फोटो फ्रेम, फोटो पिन्ट, फ्ल्याक्स प्रिन्ट तथा कप प्रिन्ट लगायतका सेवा समेत दिदै आएको छ ।
मुख्य कार्यालय पोखरा रहेको कैलाश सहकारीले गण्डकी प्रदेशभरका जिल्लामा आफ्नो सूविधा बिस्तार गरीरहेको छ । कारोबारको आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट कारोबारी तथा उत्कृष्ट कर्मचारीलाई समेत साधारण सभामा सम्मान गरिएको थियो ।
सहकारीका जेष्ठ सदस्य टूकलाल नेपालीको प्रमूख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि गण्डकी फ़ोटोग्राफर संघका अध्यक्ष दूर्गाप्रसाद पौडेल र पोखरा फ़ोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलको उपस्थिथि थियो ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष सल्लाहकार तथा संस्ठाका जिम्मेवार तहमा रहेका पदाधिकारीलेआफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खडानन्द अधिकारीले गरेका थिए ।
उपाध्यक्ष विनोद ढकालले स्वागत मन्तव्य राखेर कार्यक्रम सुरु भएको थियो । सात सिद्धान्त बाचन पूर्ण कूमारी थापाले बाचन गरिन् भने कार्यक्रमको सञ्चालन सचिव बिष्णूहरि अधिकारीले गरेका थिए ।
तपाईको प्रतिक्रिया