उत्पादनमा जोड दिँदै सेभेन लेक

समाधान संवाददाता २०७९ पुष ४ गते ११:३४

लेखनाथ ।
पोखरा २६ को बुढिबजारमा रहेको सेभेनलेक कृषि सहकारीले किसानमार्फत स्थानीय उत्पादन प्रवद्धन गर्ने योजना ल्याएको छ । आठौं वार्षिक साधारण सभामा कृषि उत्पादनलाई प्राथमिकता दिँदै तरकारी उत्पादनका लागि बिउ, मल र प्राविधिक ज्ञानका क्षेत्रमा कार्ययोजना ल्याएको हो ।

Advertisement

भन्छामा प्रयोग हुने तरकारीमात्र किन्नु नपर्ने हो भने ठूलो रकम बचत हुने भन्दै सहकारीले सके बिक्रीबाट आम्दानी गर्न, नसके आफूलाई पुग्ने तरकारी उत्पादन गर्न सेयर सदस्यलाई अनुरोध गरेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले सहकारीले उद्देश्य अनुसारको काम नगर्दा यो क्षेत्रमा केही विचलन आएको बताए ।

उनले यसैलाई क्रमश सुधार गर्दै स्थानीय स्तरमाको आवश्यकता र सम्भावना मुताबिक सहकारीहरुले काम गर्नुपर्नेमा उनले जोड दिए ।

संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, सल्लाहकार विष्णु पुन, लेखा समिति संयोजक राजु अधिकारी, जल्धारे बचत तथा ऋण सहकारी अध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका सचिव सुविन तिमिल्सेना, उपाध्यक्ष कुशराज तिमिल्सेना लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया