पाेखरा सडक महोत्सवको पूर्वाद्धमा हाइकिङ

पोखरा ।
रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसीय हाइकिङ आयोजना गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशील झण्डै २ दर्जन पत्रकारसहित आयोजक रेवान पोखराको टोली सहभागी थियो ।
टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अस्ट्रेलियन बेस क्याम्प हुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरेको छ । अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुष १३ देखि १७ गते सम्म पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ ।
२४ औं संस्करणको प्रवद्र्धनका लागि टोलीले हाइकिङ गरेको रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोभिडका कारण पछिल्ला २ संस्करण ५ दिनसम्म सञ्चालन गर्न नसकिए पनि अब भने पर्यटन उत्थानका लागि ५ दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाइ छ ।
लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रमा हुने यो देशकै पृथक महोत्सव हो । झण्डै ५ लाख जति आन्तरिक तथा वाह्य पर्यटकले यो महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।
‘फुड, म्युजिक, कल्चर’ नारासहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यान्डहरुको लाइभ प्रस्तुति, अन्तर्राष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका साँस्कृतिक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुंगा दौड, वेटर रेस, टग अफ वार लगायतका कार्यक्रम आकर्षणका रुपमा रहने भट्टराईले जनाए ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया