शितलादेवी सहकारी दाेस्राे वर्षमा

समाधान संवाददाता २०७९ पुष ५ गते १५:३९

पोखरा ।
शितलादेवी बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारण सभा आइतबार भएको छ । सभामा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले वडाले अगाडि सारेको फोहोरमैला व्वस्थापन अभियानमा सहकार्य गर्न आग्रह गरे ।

Advertisement

सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिँदै त्यस्ता अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले सहकारीको मानिसको दैनिकी चलायमान गराउन ठूलो भूमिका रहेको भएता पनि सहकारीहरु सहकारीका मूल्य, मान्यता विपरीत सञ्चालन भइरहेको औंल्याइन् ।

सयपत्री सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर कार्कीले अहिलेको विषम परिस्थितिमा सहकारीबीच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले बहुद्देश्यीय सहकारीको भावना अनुसार यस संस्थाले फोहोरमैला व्यवस्थापन, कृषि तथा पशुपालन र कौशी खेतीमा विशेष जोड दिँदै आएको बताए ।

Advertisement

सभामा अध्यक्ष तीर्थलाल श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष रोमनमान श्रेष्ठ र लेखा समिति संयोजक शुक्रकुमार प्रधानले प्रस्तुत गरेको प्रतिवेदन सभाले अनुमोदन गरेको छ ।

कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्की, सल्लाहकारको तर्फबाट ज्ञानबहादुर कार्की, शेयर सदस्यहरुको तर्फबाट प्रमिला श्रेष्ठ, सञ्चालक समिति सदस्य जीवन श्रेष्ठले बोलेका थिए ।

तपाईको प्रतिक्रिया