जनप्रिय बहुमुखी क्याम्पसको अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे
समाधान संवाददाता
२०७९ पुष ५ गते २०:४३

पोखरा ।
पोखरा जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । बिजुक्छेले २ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । बिजुक्छेले प्रतिस्पर्धी सोमनाथ बराललाई १ सय २५ मतले हराएका हुन् । बरालले १ सय ४४ मत ल्याए । निर्वाचन मडलका अनुसार ४ सय १३ मत खसेकोमा १४ मत बदर भएको हो ।
अध्यक्ष विजुक्छे सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सदस्यमा अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पाैडेल, कृष्णप्रसाद तिमिल्सिना, गणेशबहादुर अधिकारी, धुव्रराज चालिसे, नम्रता बराल, युवराज पराजुली, रंगिला पौडेल आचार्य, राजेन्द्र पहारी, विजयराज आचार्य र शोभामोहन पौडेल चयन भएका हुन् ।
शनिबार क्याम्पसको वार्षिक साधारण सभा भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले क्याम्पसको नवौं अधिवेशन उद्घाटन गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया