हरिदेवी र वेदनाथलाई पुरस्कार

समाधान संवाददाता २०७९ पुष ६ गते ११:४८

पोखरा ।
कुन्तीदेखि साहित्य पुरस्कार पहिलो पटक लोकगायिक एवं साहित्यकार हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । कविशिरोमणि लेकनाथ पौडेलकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारद्वारा स्थापित यो पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ ।

यस्तै, लेखनाथ सांस्कृतिक पुरस्कार साहित्यकार वेदनाथ अधिकारीलाई प्रदान गरिने भएको छ । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले आफ्नो एकल साँझमा घोषणा गरेको यो पुरस्कारका लागि ४ लाखको अक्षयकोष स्थापना गरिएको छ । पद्यराजले बुवा चन्द्रकान्तको स्मृतिमा अक्षयकोष बनाएका हुन् ।

हरेक वर्ष लेखनाथ जयन्तीमा प्रदान गरिने दुवै पुरस्कारको राशि नगद २५ हजार, सम्मानपत्र र दोसल्ला छ । सम्मानित व्यक्तित्व अधिकारी पोखरा २८ घर भई हाल पोखरा ३० मा बसोबास गर्छन् ।

Advertisement

पुरस्कार योग्य प्रतिभा छनोटका लागि प्राडा रविलाल अधिकारीको संयोजकत्वमा डा शुक्रराज अधिकारी, डा प्रतिभा पाण्डे र लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेल सदस्य रहेको समिति गठन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया