लक्ष्मीको कर्पोरेट डेमा रक्तदान

पोखरा ।
लक्ष्मी ग्रुपले ४९ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा कम्पनीले मंगलबार पोखरामा रहेको आफ्नो प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्यो ।
ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले कम्पनीलाई आजको अवस्थासम्म ल्याईपुर्याउन सबैको महत्वूर्ण योगदान रहेको बताए । आगामी दिनमा समेत यो योगदान निरन्तर रहने कुरामा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा बटुकद्वारा स्वस्ति वाचन गरिएको थियो । कार्यक्रममा कम्पनीमा लामो समयदेखि सेवारत कर्मचारीलाई दीर्घ सेवा पदकद्वारा सम्मानित गरिएको थियो ।
ग्रुप अन्तर्गत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानमा ५ वर्ष सेवा गरेका १५ जना, १० वर्ष सेवा गरेका ९ जना, १५ वर्ष सेवा गरेका १ जना, २० वर्ष सेवा गरेका २ जना र ३० वर्ष सेवा गरेका १ जना गरी २८ कर्मचारी दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् ।
कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठ, निर्देशकहरु चन्द्रबहादुर राजभण्डारी, कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ र सुलभ श्रेष्ठले उनीहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरणसमेत छ । स्थापना दिवसकै अवसर पारेर भएको रक्तदानमा १ सय ६ युनिट रगत संकलन भएको छ ।
पहिलो रक्तदाता युमा साईलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरु गरिएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष नियमित रुपमा कार्यक्रम आयोजना गर्दै आएको कम्पनीका मानव संसाधान विभागका महाप्रबन्धक श्याम मल्लले बताए ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया