नेपाल लिटरचेर फेस्टिभल सुरु

समाधान संवाददाता २०७९ पुष ७ गते १०:४०

पोखरा ।
नेपाल लिटरचेर फेस्टिभलको दसौं संस्करण बुधबारबार सुरु भएको छ । पहिलो दिन कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुतिमा संगीतकार गोपाल योञ्जनको सम्झनामा सांगीतिक प्रस्तुतिसँगै फेस्टिभल सुरु भएको हो । ११ गतेसम्म चल्ने फेस्टिभल बिहीबारबाट फेवाताल किनार बाराहीघाट लेकसाइडमा हुनेछ ।

बुकवर्म फाउन्डेसन आयोजकमा देश, विदेशका २ सय साहित्यकार, राजनीतिज्ञ लेखक पत्रकार कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्व ५५ सत्रमा सहभागी जनाएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको यो फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्था पोखरा प्रज्ञा प्रतिष्ठान छ ।

Advertisement

बिहीबार काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा अर्थशास्त्री डाक्टर अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत्व प्रवचन राख्नेछन् ।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलक, लेखक एवं पत्रकार अक्षय मुकुल, न्युयोर्क विश्वविद्यालयका सहप्राध्यापक एवं भारतीय मूलका लेखक सुकेतु मेहता लगायत ७ जना विदेशी लेखक आउँदै छन् ।

Advertisement

२०११ मा काठमाडौंबाट सुरु भएको फेस्टिभल कोभिडका कारण पोहोर आयोजना हुन सकेको थिएन । सन् २०१६ देखि फेस्टिभल पोखरामा हुँदै आएको हो । फेस्टिभल निर्देशक नीरज भारीका अनुसार फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति रहनेछ ।

फेस्टिभल अवधिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश लामिछाने र गगन थापा लगायत वक्ता हुने छन् । फेस्टिभल फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वका सेसन हुँदै छन् ।

सुदूरका सिंहदरबार शीर्षक सेसनमा दार्चुला, गोरखा तथा मनाङका स्थानीय जनप्रतिनिधि सहभागी हुँदै छन् ।

तपाईको प्रतिक्रिया