वस्तुगत संघहरु सम्मानित

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सफल पार्न सघाउने वस्तुगत संघहरुलाई सम्मान गरेको छ ।
पुस १६ देखि २५ गतेसम्म पोखराको नयाँबजारमा आयोजित मेला सफल हुनुमा वस्तुगत संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै संघले बुधबार प्रशंसापत्रसहित ती संघ, संस्थालाई सम्मान गरेको हो ।
संघका अध्यक्ष पवनकुमार प्रजापति, निवर्तमान अध्यक्ष नारायण कोइरालासहितले वस्तुगत संघहरुलाई प्रशंसापत्र प्रदान गरे ।
अध्यक्ष प्रजापतिले वस्तुगत संघहरु पोखरा उद्योग वाणिज्य संघको खम्बा भएको र आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको बताए । उनले वस्तुगत संघहरुले भोगेका समस्याको जानकारी उद्योग वाणिज्य संघलाई गराउन पनि आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष कोइरालाले निजी क्षेत्रका समस्या समाधानका लागि संघ निरन्तर लागिपरेको बताए ।
वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीका समस्यालाई लिएर यही पुस १३ गते नेपाल राष्ट्र बैंक गण्डकी कार्यालयको आयोजनामा गोष्ठी आयोजना हुन लागेको जानकारी दिँदै आफ्ना समस्या राख्न आग्रह गरे ।
संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेला सफल हुनुको श्रेय वस्तुगत संघको सहयोग भएको उल्लेख गरे । महासचिव बलराम आचार्यले संकटग्रस्त निजी क्षेत्रलाई सहज हुने गरी नीति निर्माण तहमा हस्तक्षेपकारी धक्का दिन पोउवासंघ सधैं तयार रहेको बताए ।
कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले मेला आयोजना नाफाका लागि नभएको र संघ व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यमा सफल भएको बताए ।
उपमहासचिव शोभा गौतमले वस्तुगत संघहरुसँग सहकार्य गर्न पोउवा संघ सदैव तयार रहेको र अब सिर्जनात्मक काममा लाग्ने बेला आएको बताइन् ।
कार्यक्रममा उपस्थित वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिले सहकार्यको परम्परा निरन्तर रहने र संघका हरेक क्रियाकलापा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाए ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया