कास्कीमा पिकलबल संघ

पोखरा ।
कास्कीमा पिकलबल खेलको विकास एवं प्रवद्र्धन गर्न कास्की जिल्ला पिकलबल संघ गठन गरिएको छ । पोखरामा बुधबार भएको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
सिद्धार्थ शर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा लक्ष्मण पोख्रेल, सचिव दीपेन्द्र पाहारी र कोषाध्यक्षमा दयाराम पन्त छन् । कार्यसमिति सदस्यमा धीरेन्द्र कार्की, देवी गुरुङ, प्रदीप नेपाली, गणेश लामा र रेखा थापा कार्की छन् ।
पिकलबल संघ गठनका लागि केन्द्रबाट तोकिएका गण्डकी विश्वविद्यालयका प्राध्यापक डा मधुसुदन सुवेदीको अध्यक्षतामा भएको भेलामा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले नवनिर्वाचित तदर्थ समितिका पदाधिकारीलाई बधाई दिंदै विद्यालय स्तरबाट खेलको विकास गर्न आग्रह गरे ।
उनले पिकलबल खेल नयाँ खेलको रुपमा भित्रिए पनि सहज रुपमा सबैको पहुँचमा पुर्याउन समितिले भूमिका खेल्नुपर्ने बताए । सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य एवं खेल पत्रकार केशव पाठक, तदर्थ समितिका अध्यक्ष शर्माले समेत बोलेका थिए ।
सन् १९६५ मा अमेरिकामा पहिलो पटक सुरु भएको पिकलबल खेल विसं २०७५ मा नवीन गुरुङले नेपालमा भित्राएका थिए । गुरुङ सहारा युकेका संस्थापक अध्यक्षसमेत हुन् । उनी युकेमा रहेर विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमा संलग्न छन् ।
विसं २०७५ मा पोखरामा पहिलो पटक एक मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितासमेत भएको थियो । नेपालको पिकलबल संघ अन्तर्राष्ट्रिय पिकलबल महासंघको सदस्यसमेत हो ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया