‘जिवजन्तुमा पनि मानिसकाे जस्तै स्वभाव हुन्छ’

समाधान संवाददाता २०७९ पुष ८ गते १६:०३

पोखरा ।
ददि सापकोटाले जिवजन्तुमा पनि मानिसको जस्तै आनिबानी हुने बताएका छन् । पोखराको फेवातालमा जारी नेपाल लिटरेचर फेस्टिभलको दसौं संस्करणको दोस्रो दिन शुक्रबार चराचुरुङगी र जनावरका आनिबानी सत्रमा उनले त्यस्तो बताएका हुन् ।

Advertisement

जिवजन्तुमा पनि माया ममता घृणा प्रेम स्नेह हुने उनको भनाइ छ । ‘जिवजन्तुलाई रोक्न उसलाई स्नेह गर्नुपछर्, उसलाई कुट्यो भने बदलाको भावना लिएर आउँछ,’ उनले भने, ‘हात्तिमा मान्छेमा हुने स्वभाव हुन्छ, सुत्केरी हात्तिलाई अरु हात्तिले हेरचाह गर्ने पानी ल्याइदिने खुवाइदिने बच्चा हेर्दिने गर्छन् ।’

हात्तिलाई रोक्न धपाउने होइन प्राकृतिक तरिका अपनाउनुपर्ने उनले बताए । ‘हात्तिले के खान्छ ? थाहा हुनुपर्‍यो, उसको आनीबानी थाहा हुनुपर्‍यो, हात्ति हिड्ने बाटोमा हात्तिले नखाने खेती लगाउनुपर्‍यो’ उनले भने, हात्ति आवतजावत गर्ने क्षेत्रमा रक्सि राख्नहुदैँन, खुर्सानीको धुलो प्रयोग गरि पनि हात्तिलाई धपाउन सकिन्छ ।’

बाघ भद्र स्वभावको हुने सापकोटाको भनाइ छ । आफ्नो सुरक्षाका लागि आफू बस्ने क्षेत्र तय गर्दा उसले विभिन्न विधी प्रयोग गर्ने उनले बताए । ‘बाघले घर बाहिर पाइलाको छाप छोड्ने गर्छ, त्यसबाट अर्को बाघले उसको बारेमा सम्पूर्ण कुरा थाहा पाउँछ, उसलाई लडेर जित्न सक्छु कि सक्दिँन भन्ने सुचना दिन्छ, लड्न सक्ने भए मात्र उ भित्र पस्छ,’ उनले भने ‘अर्को पक्ष बघिनीलाई आकर्षण गर्न पनि हो । कुन हैसियतको बाघ हो भन्ने जानकारी हुन्छ ।’

ददि सापकोटा जिवजन्तु सम्बन्धि लेख लेख्छन् । उनी नेपाल प्लस अनलाइन मिडीयाका सम्पादक हुन् ।

Advertisement

जीव विज्ञ अनुज घिमिरेले भँगेराका बारेमा नेपाल सरकारको रुचि नभएको बताएका छन् । घिमिरे अमेरिकामा भँगेराका बारेमा पीएचडी गरिरहेका छन् । नेपाल र अमेरिकामा पाइने उस्तै प्रजातिका चराका बारेमा अध्ययन गर्न उनले भँगेरालाई रोजेको उनले बताए ।

भँगेराका सम्बन्धमा नेपालमा कम मात्रामा प्रयास भएका उनको भनाइ छ । नेपालमा भँगेराको संख्यामा कम हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । नेपालमै भँगेराका लागि काम गर्ने योजना रहेको उनले बताए ।

घिमिरे वन्यजन्तुबारे अनुसन्धानको क्षेत्रमा सक्रिय छन् । उनी विज्ञान र त्यसको सेरोफेरोमा रहेर लेख पनि लेख्छन् ।

तपाईको प्रतिक्रिया