गण्डकी साहित्य संगममा भीम

पोखरा ।
गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ । उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषाध्यक्षमा विजया सुवेदी निर्वाचित भए ।
संगमका कार्यसमिति सदस्यमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन् । २ सदस्यपछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष रानाभाटले बताए । प्रगतिवादी, प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति क्रियाशील भइरहने उनले बताए ।
संस्थाका अध्यक्ष डा. कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकाल, वाम बुद्धिजीवीहरु झलकपाणि तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्तेल, कृष्ण केसी, यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतले बोलेका थिए ।
वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी र नारायण परिश्रमी सदस्य रहेको निर्वाचन समितिले नयाँ सदस्य चयनका लागि सहजीकरण गरेको थियो । सभाले सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेका प्रतिवेदनहरु पारित गरेको छ ।









चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
पिएनको स्ववियु कार्यालयमा आर्थिक अपारदर्शिताको आरोपमा तालाबन्दी
अब सजिलै मेटिन्छ तिलाहारबासीको तीर्खा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया