पाण्डवखानीमा ६ सयको निःशुल्क स्वास्थ्य जाँच

गलकोट ।
गलकोट १० पाण्डवखानीमा भएको निःशुल्क स्वास्थ्य शिविरवाट करिव ६ सय जनाले सेवा लिएका छन् । रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजनामा गलकोट नगरपालिका, युनिसन व्याण्ड डाँडाखेत, महिला जागरण केन्द्र पाण्डवखानिको सहकार्यमा स्वास्थ्य शिविर भएको हो । फेवासिटी हस्पिटल पोखराले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा सिसाखानी, रणसिंहकिटेनी, रिघा, टोकरी, झिर्का लगायतका ठाउँबाट सहभागि थिए ।
कार्यक्रममा पूर्व सभासद नर वहादुर पुन निरजले गलकोट नगरपालिकाको दुर्गमको गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नु सह्रानिय कार्य भएको बताए । आगामि दिनमा पनि कार्यक्रम सञ्चालन गर्न उनले आग्रह गरे ।
गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले गलकोट नगरपालिकाको सवैभन्दा दुर्गमको वडाका जनताहरुलाई लक्षित गरी रोट्रयाक्ट क्लव अफ गलकोटले आयोजना गरेकोमा आभार प्रकट गरे । उनले आगामि दिनमा पालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
शिविरमा विशेषज्ञ सेवा सहितको नसा तथा हाडजोर्नि, ग्यास्ट्रिक, वाल रोग, रगत तथा पिसाव जाँच, नाक, कान र घाँटी, महिला सम्वन्धी सम्पुर्ण जाँच तथा ईसिजि, भिडियो एक्सरे लगायतका सेवाहरु प्रदान गरिएको कार्यक्रमका संयोजक नविन शर्मा पौडेलले जानकारी दिए।
चिकित्सकहरु वालरोग विशेषज्ञ डाक्टर हुमप्रसाद न्यौपाने, रेडियोलोजिष्ट डाक्टर आनन्दबहादुर श्रेष्ठ, फिजिसियन ग्यास्ट्रोइन्टरोलोजिष्ट डाक्टर जिवन थापा, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर पदमराज ढुंगाना, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रविमोहन ढकाल, नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम वावु कार्की, फिजिसियन डाक्टर सुदर्शन सुवेदी लगायतले विरामिको जाँच गरेका थिए ।
तपाईको प्रतिक्रिया