३० गते मगर सांस्कृतिक उत्सव
पोखरा ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा यही पुस ३० गते असहाय तथा विपन्न नागरिकको सहयोगार्थ मगर सांस्कृतिक उत्सव २०७९ हुने भएको छ ।
पोखरा सभागृहमा हुने उत्सवमा स्थापित कलाकार ज्योति मगर, कुमार पुन, गीता पाइजा, नवीन रानालगायतका कलकारले सांगीतिक प्रस्तुति राख्ने अध्यक्ष सरिता सारूमगरले जानकारी दिइन् । उत्सवमा मगर जातिमा प्रचलित कौरा, सोरठी, घाँटु, झ्याउरे लगायतका मौलिक नृत्यसमेत प्रस्तुत हुनेछन् ।
कार्यक्रममा वरिष्ठ गायिका एवं अभिनेत्री कविता आले र पत्रकार रूद्रबहादुर श्रीसलाई सम्मान गरिने सचिव वसन्ती थापामगरले जानकारी दिइन् । सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै वरिष्ठ गायिका आले र पत्रकारिता क्षेत्रमा योगदान गरेको पुर्याएकोमा श्रीसलाई सम्मान गर्न लागिएको सचिव थापामगरले बताइन् ।
उत्सवलाई सफल बनाउन विभिन्न उपसमिति निर्माण गरी तयारी तीव्र पारिएको छ । कार्यक्रम गर्न १० लाख खर्च हुने अनुमान गरिएको भन्दै थापामगरले १५ लाख आम्दानी गर्ने लक्ष्य राखिएकोसमेत बताइन् ।
कार्यक्रमबाट खर्च कटाएर बचेको रकमबाट अक्षयकोष स्थापना गरी असहाय तथा विपन्न नागरिकका लागि खर्च गरिने आयोजकले जनाएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया