मधेसबाट नयाँ कुरा सिकेंः सुविन

समाधान संवाददाता २०७९ पुष १० गते १३:२४

पोखरा ।
सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा कुनै बेला लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुप¥यो ।’ लगातार इमेल आइसकेपछि उनले ‘समर लभ’ पढे । यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी चकित परे । एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले ।

Advertisement

उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए । ‘भेट्दा मलाई उनी सुविन हैन जस्तो लाग्यो । यति चर्चित मान्छे, तर यति सरल,’ अच्यूतले सुनाए । ठूलो युवा जमातमा पठनसंस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग जमिरहेका थिए सञ्चारकर्मी घिमिरे । पोखरामा जारी १० औं नेपाल लिट्रेचर फेस्टिभलको एउटा सेसन हो, ‘कथाकी पात्रदेखि इजोरियासम्म ।’

केही महिनाअघि मात्र सुविनको नयाँ उपन्यास ‘इजोरिया’ बजारमा आयो । उक्त पुस्तक हालसम्म ६० हजार प्रति छापिइसक्यो । त्यो बजारमा सकिन लागेको संकेत पाएका छन् उनले ।

प्रिय सुफीसम्म’ प्रेम कथा लेखेका सुविनलाई यसपटक प्रेमकथादेखि दिक्क लागेको थियो ।। उनले सहरी युवाको प्रेमका विषयलाई कथा बनाउँथे । यसपटक उनले लोकसेन मधेस रोजे र मधेसका पात्रका कथा भने ।

उनकै भाषामा भन्ने हो भने यसपालि सुविनले ‘स्टेयरिङ’ घुमाए । ‘इजोरियासम्म आइपुग्दा लेखक एउटामात्र जोनमा बस्ने कि नबस्ने प्रश्न जान्छ । काठमाडौं छाडेर मधेस जानेबित्तिकै लेखकको टाउको दुखाइ हरायो । गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरेँ । जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ,’ सुविन भन्छन् ।

Advertisement

इजोरियाबाट उनले मधेसमा ठूलो संख्यामा पाठक बढाएको बताउँछन् । इजोरिया कहिल्यै नेपाली साहित्य नपुगेको ठाउँमा लगेर राखियो । घिमिरेले सुविनबारे थप करा भने, ‘उहाँको लेख्नेबाहेक अरु कुनै काम छैन । लेखेरै बाँचेका छन्, त्यो पनि कार चढेर,’ घिमिरेले भने । र उनै घिमिरेले सुविनलाई सोधे, ‘तपाईंलाई सन्तुष्टिचाहिँ कति बेला हुन्छ?’

उनी लेखनका विभिन्न तह सम्झन्छन् । ‘लेखनको सन्तुष्ट आफ्नू छ । लेखेका कुरासँग आफू कति विश्वस्त हुन सक्नुहुन्छ ? पाठकको तहसम्म जाने अर्को लेखाइ हुन्छ । जब पाठकले राम्रो भन्छ सन्तुष्टिको अर्को तह निर्माण हुन्छ,’ सुविन भन्छन् ।

अच्युतले आफ्नो पब्लिकसनमा सय वटा पाण्डुलिलिमा ५० वटा सविनै प्याट्रनका उपन्यास आउने सुनाए । उनी सोध्छन्, ‘सुरुमा लेखक बन्न सजिलो छ ?’ सुविन सुरुवाती दिनमा कथा लेख्दा र प्रकाशन गर्न व्यहोर्नुपरेको सास्ती सम्झन्छन् ।

‘कथाकी पात्र’ उनले फरक फरक समयमा लेखेर संग्रहण गरेका कथा संग्रह हो । यो प्रकाशन गर्नुअघि झोलामा पाण्डुलिपी हालेर हिँडेको सम्झन्छन् । प्रकाशक नभेटेपछि उनले आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेका थिए ।

‘कथाकी पात्र’ले पाठक आकर्षित गरेर ‘समर लभ’ले प्रकाशक पायो । अहिले उनलाई धेरैले त ‘समर लभ’कै लेखक भनेर चिन्छन् । अहिले सुविनलाई धेरै नयाँ पुस्ताले पाण्डुलिपि पढिदिनु भनेर पठाउँछन् । ‘पहिले म झोलामा पाण्डुलिपी बोकेर पढिदिनुस् न भन्थें । म त्यो सम्झन्छु ।

अनि दराजबाट पाण्डुलिलि निकालेर पढ्छु,’ उनी भन्छन् । ‘अरुले जीवनभर लेखेको किताब हिट नहुने । तपाईंले फ्याफ्याट लेखेको किताब हिट हुन्छ । यसको जादू के छ ?’ अच्युतको जिज्ञासामा उनी भन्छन्, ‘पाठकको विश्वास, सरल भाषा शैलीले हो ।’ उनी नयाँ पुस्ताबाट पनि धेरै सिकिरहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया