म अपमानित भएर पोखरा आएँ, कांग्रेस ९९ बाट एकैचोटी तल झर्योः गगन थापा

पाेखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको जिकिर गरे ।
महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर रु भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भर्याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्याङ चढौँला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ,’ थापाले भने ।
उनले नेपाली कांग्रेस राजनीतिको शिखरमा पुगेर एकैचोटी तल पुगेको बताएका छन् । थापाले नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दा कांग्रेस एकैचोटी तल खसेको टिप्पणी गरेका हुन् ।
‘नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले हिजोका घटना चाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नी, खेल्दै खेल्दै गएको त्यहाँ पुग्ने बेलामा एकैचोटी तल झरेको जस्तो भएको छ । व्यक्ति गत रुपमा म नढाँटी भन्छु । बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिए । उहाँले कल गर्नुभएन,’ थापाले भने, ‘उहाँले गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रहिछ । तर, हामीसँगै कुरा गर्नुभएन ।ु









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया