राष्ट्रिय ब्याडमिन्टनमा १२ इभेन्ट

पोखरा ।
पोखरामा बुधबारदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा हुने प्रतियोगिता १६ गतेसम्म पोखरा रंगशालामा चल्नेछ ।
प्रतियोगितामा १२ इभेन्टमा प्रतिष्प्रर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा संघ कास्की अध्यक्ष सुशीलकुमार श्रेष्ठले बताए । प्रतियोगिताको खुला पुरुष एकल तथा डबल तर्फको विधामा विजेता टोलीलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।
प्रतियोगिता अन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्ष माथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्ष माथि डबल पुरुष तर्फको विधामा विजेता टोलीले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्ष मुनिका खेलाडी सहभागी (यु—१२) र १७ वर्ष मुनिका खेलाडी सहभागी (यु—१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुने भएको छ । उक्त इभेन्टमा विजेता खेलाडीले जनही १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले भने ५ हजार नगदका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले जनाए ।
प्रतियोगितामा १ वर्षअघि वल्र्ड ¥याङकिङमा नम्बर वान खेलाडी प्रिन्स दाहाल, नेपालका नम्बर वान खेलाडी नङसाल तामाङ लगायत सहभागी हुनेसचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले बताए । प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति गठन गरिएको अर्थ व्यवस्थापन उप—समिति संयोजक मीन गुरुङले बताए ।
४ दिन चल्ने प्रतियोगिता गर्न २५ लाख खर्च लाग्ने अनुमान छ । प्रतियोगितामा काठमाडौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडी सहभागी हुने भएको कोषाध्यक्ष हुमबहादुर गुरुङले बताए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया