ल्होसारमा बास्केटबल प्रतियोगिता
समाधान संवाददाता
२०७९ पुष १२ गते १०:४७

लेखनाथ ।
तमु जातिको पर्व ल्होसारको अवसर पारेर सूर्यमुखी तमु समाजले अन्तर समूह पुरुष र महिला बास्केटबल प्रतियोगिता आयोजना गरेको छ ।
विभिन्न ठाउँबाट पोखरा २९, ३० र ३२ मा बसोबास गर्दै आएका तमुहरुको साझा संस्था सूर्यमुखीले वाघ वर्गलाई बिदाइ र बिरालो वर्गलाई स्वागत गर्दै अन्तर समूह शेर कप बास्केटबल प्रतियोगिता आयोजना गरेको हो ।
मंगलबारसम्म चल्ने प्रतियोगिता शनिबार समाजका सल्लाहकार तथा पुरस्कार प्रायोजक शेरबहादुर गुरुङले उद्घाटन गरे । प्रतियोगितामा समाज अन्तर्गतका पुरुष र महिलाका पाँच पाँच वटा समूह बनाएर खेलाइएको खेल संयोजक क्याप्टेन देवबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजयी पुरुष समूहलाई मेडल र नगद १५ हजार र महिलाका लागि ५ हजार पुरस्कर प्रदान गरिनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया