लेखनाथ महोत्सवमा कृषिलाई प्राथमिकता

लेखनाथ ।
महोत्सवको पनि महोत्सवको रुपमा चिनिएको लेखनाथ महोत्सव किसानका लागि समेत उत्सव साबित भएको छ । कास्कीको तालचोकमा जारी १८ औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका ३ सय ३७ स्टलमध्ये ४५ कृषिका स्टल छन् ।
महोत्सवको पाँचौ दिनसम्म आईपुग्दा दैनिक कृषिका स्टलमा दर्शकको चासो देखिएको संघका सल्लाहकार तथा कृषि प्रदर्शनी संयोजक दयाराम तिवारीले बताए । दर्शकले कृषिका स्टलबाट केही न केही किनेको देखिन्छ ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवमा दैनिक करिब पाँच सय केजीभन्दा बढी सुन्तला बिक्री भइरहेको छ । स्थानीय उत्पादनलाई बढवा दिएकाले यहाँ कृष्ती, स्याङ्जा, पर्वत र वागलुङबाट सुन्तला ल्याइने गरिएको छ ।
महोत्सवमा कास्कीकै तालका माछा ५ स्टलबाट बेच्ने व्यवस्था मिलाईएको छ भने ताजा तरकारीतर्फ २५ वटा स्टल छन् । तरकारीका स्टलमा हेमजादेखि लेखनाथ क्षेत्रका कृषकका उत्पादन छन् ।
पाँचौ दिन सोमबारमात्र करिब ७० लाखको कारोबार भएको आयोजकले दाबी गरेको छ । शनिबार र आइतबारको तुलनामा महोत्सव अवलोकन गर्नेको संख्यामा कमी आएसँगै कारोवबर पनि प्रभावित भएको हो ।
सोमबार १५ हजारले महोत्सवको अवलोकन गरेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी, भजनकृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रम भइरहेका छन् ।









वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया