माछापुच्छ्रे टेनिस सुरु

समाधान संवाददाता २०७९ पुष १२ गते १२:३८

पोखरा ।
पोखरामा १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९ सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो ।

Advertisement

१५ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धा भएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए । सोमबार ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स र डबल्स स्पर्धा भएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्व अहमं हुने बताए । उनले भने, ‘खेलकुदले स्वास्थ्यसँगै शारीरिक सुगठनका लागि मात्रै नभई पर्यटनका लागि समेत महत्व राख्छ ।’

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका उपाध्यक्ष नवीन चालिसे, सचिव नवीन श्रेष्ठ र सदस्य मोनिका थापाले बोलेका थिए ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत खेलाडी पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिए । सहभागीमध्ये ५७ जना पोखराका छन् भने ९३ जना बाहिरबाट आएका छन् ।

Advertisement

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी विभिन्न उमेर सूमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने छन् ।

प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्षमाथि मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्षमाथि सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथि सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्षमाथि सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी २ सय ३ जना खेलाडीले नाम दर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया