सरितालाई लेखनाथ पत्रकारिता पुरस्कार

पोखरा ।
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सरिता तिमल्सिना पगेनीलाई प्रदान गरिने भएको छ ।
कविराज खनाल संयोजक, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरका प्रतिनिधि राममणि अधिकारी, पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल रहेको प्रतिभा छनोट समितिले बराललाई सिफारिस गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कानुन विभाग प्रमुखसमेत रहेकी तिमल्सिना पोखरा पोस्ट डटकममा प्रधान सम्पादक छिन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पु¥याएकोमा उनलाई सम्मान गर्ने निर्णय भएको हो ।
पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ छ । यो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा र भीमपाणि बरालले पाइसकेका छन् ।









वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया