आहा राराको टिकट किन्दा क्यासब्याक
समाधान संवाददाता
२०७९ पुष १२ गते १७:२४

पोखरा ।
आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ ।
२२ औं संस्करणको यस प्रतियोगिता पुस १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुँदै छ । पोखरा रंगशालामा आयोजना हुन लागिरहेको यस प्रतियोगितामा १० टिम सहभागी हुँदै छन् ।
प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य सुरु गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै माइपे एप डाउनलोड गरी, एप भित्रैबाट टिकट काट्न सकिने माइपेले जानकारी दिएको छ ।
माइपेका अनुसार डिजिटल माध्यमबाट टिकट काट्नेमध्ये हरेक दिन २ जनालाई शतप्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने २ जनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिनेछ ।
सम्बन्धित









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया