सृजना विकासको भ्रमण र तालिम

समाधान संवाददाता २०७९ पुष १३ गते १०:४५

पोखरा ।
सृजना विकास केन्द्रका सञ्चालक समिति तथा सदस्यका लागि अध्ययन अवलोकन एवं नेतृत्व विकाससम्बन्धी दुई दिनको तालिम चितवनको सौराहामा भएको छ ।

Advertisement

संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धन साथै संस्थाका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

तालिममा सल्लाहकार समिति सभापति गणेशबहादुर अधिकारीले संस्थाले आफ्नो सदस्यको नेतृत्व विकासलाई ध्यान दिएर तालिम राख्नु निकै प्रशंसनीय कार्य भएको बताए । उनले तालिमले युवालाई नेतृत्वमा आउन प्रोत्साहन गर्ने र थप ऊर्जा थप्ने धारणा राखे ।

Advertisement

जनप्रिय क्याम्पसका प्रमुख लोकनाथ भण्डारीले सामान्य लाग्ने विषयले पनि नेतृत्वमा कति फरक पार्छ भन्ने विषयसँगै भाषण कला र नेतृत्वका विविध पक्षलाई तालिमका विषयवस्तुले समेटेको बताए ।

तालिममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरेकी थिइन् । तालिममा ४५ जनाको सहभागिता थियो ।

Advertisement

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष वडा न ८ का अध्यक्ष रुद्र बराल, निर्वतमान अध्यक्ष इन्द्र पौडेल, सृजना बाल गृहका संयोजक सोमनाथ बराल, सल्लाहकार परशुराम बराल र हरिप्रसाद बराल, जनप्रिय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जाल्पा सामुदायिक लघुविक्तका सञ्चालक अर्जुन श्रेष्ठ, संस्थाका प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ तालिम संयोजक भीमप्रसाद सुवेदी लगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया