गोल्ड कपलाई सघाउने वाचा

पोखरा ।
सहारा क्लब पोखराले आयोजना गर्ने २२ औ संस्करणको आहा रारा पोखरा गोल्ड कप २०७९ मा जिल्ला फुटबल संघ कास्कीमा आबद्ध क्लबहरुले सघाउने भएका छन् । बिहीबारदेखि सुरु हुने खेल २३ गतेसम्म चल्नेछ ।
संघमा आवद्ध क्लबका पदाधिकारीको भेलाले गोल्ड कपलाई सफल पार्ने प्रतिबद्धता गरेको हो ।
आबद्ध १६ क्लबका अध्यक्ष तथा क्लब प्रतिनिधिले फुटेर होइन, जुटेर भन्ने सन्देश दिएका छन् । प्रतियोगिता सफल पार्न आयोजक सहारा क्लबले गठन गरेका विभिन्न संघ संस्था समन्वय उपसमितिका संयोजक तथा सहारा क्लबका सल्लाहकार टीकाबहादुर कार्कीको संयोजकत्वमा बसेको बैठकले पोखरामा आयोजना हुने कुनै पनि फुटबल खेलसम्बन्धी कार्यक्रमलाई पोखराको अपनत्व महसुस गरी सफल पार्नुपर्नेमा जोड दिएको छ ।
भेलामा बुद्धिबहादुर खत्री, विष्णुकुमार गुरुङ, प्रितम गुरुङ, नरप्रसाद गुरुङ, हितमान गुरुङ, पदमबहादुर ढकाल, खेमराज बराल (पुष्प), प्रजापति गुरुङ, भानुभक्त अधिकारी, विशाल गुरुङ, केदारकुमार श्रेष्ठ, विनोद गुरुङ, शिव (माया) गुरुङ, सुविन श्रेष्ठ र वीरभद्र आचार्यले बोलेका थिए ।








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया