बाटुलेचौरमा भैरब नाच हुने
पोखरा ।
पोखराको बाटुलेचौरमा ऐतिहासिक भैरव नाच प्रस्तुत गरिने भएको छ । हिमालय क्लबको आयोजनामा पुस २३ गते स्थानीय बाटुलेचौर खेल मैदानमा देखाइने नाचको तयारी अन्तिम चरणमा पुगेको छ ।
नृत्यलाई व्यवस्थित बनाउन क्लबले अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । समितिको उपसंयोजकमा नेवा खल बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ, क्लबका सल्लाहकार कुमार श्रेष्ठ, सदस्यमा निवर्तमान अध्यक्ष मोहन थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समूहका अध्यक्ष मनु वस्नेत, क्लबका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, क्षत्री समाज पोखरा १६ का अध्यक्ष सन्दीप थापा र कालिका मन्दिरका अध्यक्ष दुर्गा केसी थापा छन् ।
खाजा, खाना प्रसाद एवं स्वागत व्यवस्थापन नेवा खल, सरसफाई एवं व्यवस्थापन क्षत्री समाज, माला व्यवस्थापन मैदान आमा समूह, स्वास्थ्य व्यवस्थापन दुर्गा केसी थापा, प्रचार प्रसार संयोजक क्लबका सचिव शिवराज देवकोटा र अर्थ व्यवस्थापन कोषाध्यक्ष पुष्पराज अधिकारी छन् ।
नृत्य सञ्चालन र व्यवस्थापन गर्न ठूलो धन राशि खर्च हुने भएकाले आर्थिक सहयोग संकलनलाई तीव्रता दिइएको छ । लामो समयपछि बाटुलेचौरमा हुन लागेको नृत्यमा सहभागी हुन क्लबले सबैलाई आग्रह गरेको छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया