लेखनाथ महोत्सवमा ११ करोड कारोबार

पोखरा ।
लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा हालसम्म ११ करोड बराबरको कारोबार भएको छ । महोत्सवमा हालसम्म भएको कारोबार र दर्शकको उपस्थितिका कारण महोत्सव सोचेभन्दा पनि सफल हुने देखिएको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए ।
महोत्सव हालसम्म २ लाख ६५ हजार ले अवलोकन गरेका छन् । आइतबारमात्रै २५ हजार दर्शक महोत्सवमा पुगेको आयोजकले जनाएको छ । आइतबार १ करोड ४० लाखको कारोबार भएको आयोजकको दाबी छ । महोत्सव अवधिभर २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड कारोबार हुने अनुमान गरेको भए पनि समापनको अघिल्लो दिन नै लक्ष्यभन्दा पनि बढी कारोबार र दर्शक आएको आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार र १७ गते २५ हजार गरी कुल २ लाख ६५ हजार दर्शकले अवलोकन गरिसकेका छन् ।
महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजनकीर्तन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रम भइरहेका छन् । आइतबार भएको लोकदोहोरी कार्यक्रमतर्फ बद्री पंगेनी, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, शान्ति श्री परियार, सुनिता नेपाली, मञ्जु विक र माया केसीको प्रस्तुति रह्यो । साँझको लाइभ कन्सर्टमा एलिना चौहान, देबेन्द्र बब्लु एन्ड लाइभ ब्यान्ड र र्यापर टुकीले स्टेज तताएका छन् ।
सोमबार लोकदोहोरी कार्यक्रमतर्फ खुमन अधिकारी, सरला पाण्डे, जीवन दहाल, पार्वती जिसी, कुमार पुन, सीता परियार, शिवहरि ढुंगाना, नवीना सुवेदी, कृष्ण अखेली, गगन गुरुङको प्रस्तुति रहनेछ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया