कास्की जिल्ला सुटिङ संघमा श्यामकृष्ण

पोखरा ।
कास्की जिल्ला सुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । कास्की जिल्ला सुटिङ संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट संघको अध्यक्षमा श्यामकृष्ण सर्वसम्मत भएका हुन् ।
प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्वितीय उपाध्यक्ष रामनारायण श्रेष्ठ, सचिव सुकबहादुर गुरुङ र कोषाध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित बने । सदस्यमा चिन्तामणि बास्तोला, विनोदप्रसाद श्रेष्ठ, विजय कार्की, प्रकाश बज्राचार्य, शरणकुमार छन्त्याल र गृष्मा उदास छन् ।
२ सदस्यपछि मनोनित गरिने निर्वाचन अधिकृत कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिए । सभामा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुटिङ संघ कास्कीको कार्यालयका लागि पोखरा रंगशालाभित्र ठाउँ उपलब्ध गराउने प्रतिवद्धता गरे ।
सुटिङ खेलका लागि पर्याप्त मात्रामा सामग्री नभएको बताउँदै उनले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । संघका सल्लाहकार तीर्थलाल श्रेष्ठले सुटिङ संघ कास्कीले खेलकुद सामाग्रीको अभावका बाबजुद पनि काम गरिरहेको बताए ।









पोखरामा कार्यक्रम गर्दै मुस्ताङका स्कुल
दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया