यातायात मजदुरलाई सहयोग

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध ग १ ख ५२७९ नम्बरको पोखरा नगरबसका सहचालक शिवबहादुर गुरुङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
एक महिनाअघि चिप्लिएर लडेर फोक्सोमा रगत जमेर काठमाडाैं मोडेल अस्पतालको सघन उपचार कक्षमा उपचाररत गुरुङलाई ७४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको संगठन गण्डकी प्रदेश कमिटी सचिव बेनीराज थिङले जानकारी दिए ।
यातायात स्वतन्त्र मजदुर संगठनले १५ हजार, नगर बसमा कार्यरत चालक, सहचालक, स्वरोजगार मजदुर, काउन्टरका कर्मचारी, होटल व्यवसायी लगायतले ५९ हजार रुपैयाँ संकलन गरेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकीका इन्चार्ज विष्णुबहादुर पराजुली, संगठनका गण्डकी प्रदेश कमिटी सचिव थिङ, कमिटीका सदस्य मदन तिमिल्सिना, रुट नम्बर १ का अध्यक्ष दीपक सुनारले यातायात मजदुर गुरुङको उपचारको लागि धेरै रकम आवश्यक पर्ने भएकाले थप सहयोग आवश्यक भएको बताए ।









पोखरामा कार्यक्रम गर्दै मुस्ताङका स्कुल
दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया