जनता सहकारीको वार्षिकोत्सवमा रक्तदान
समाधान संवाददाता
२०७९ पुष १८ गते १२:५१
पोखरा ।
पोखरा ३० पावरहाउसमा अवस्थित जनता बहुउद्देश्यीय सहकारीको ११ औं वार्षिकोत्सवको अवसरमा आइतबार खुला रक्तदान आयोजना गरिएको छ ।
रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले रक्तदाता रमेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । सो अवसरमा ३३ युनिट रगत संकलन भएको छ ।
सहकारीका अध्यक्ष कुलबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाँउपालिका उपाध्यक्ष गुरुङ, सहकारीका उपाध्यक्ष विश्वराज लामिछाने, शिक्षा उपसमिति संयोजक दयाराज भण्डारी, सचिव भरतराज ओझा, निवर्तमान अध्यक्ष शोभामोहन पौडेल, वरिष्ठ सल्लाहकार विश्वमोहन पौडेल, पावरहाउस बजार व्यवस्थापन समिति अध्यक्ष पदमराज पौडेल लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया