नन्दकला सम्मानित

समाधान संवाददाता २०७९ पुष १९ गते १२:०६

पोखरा ।
सहासी बालक कमल नेपाली अध्ययन प्रतिष्ठान नेपालले गण्डकी प्रदेशसभा सदस्य नन्दकला नेपालीलाई सम्मान गरेको छ । प्रतिष्ठानकी सदस्यसमेत रहेकी नन्दकला नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएकी हुन् ।

Advertisement

प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दिलबहादुर नेपाली लगायतले उनलाई सम्मान गरेका हुन् । सोही समारोहमा भूमि आयोगका विज्ञ सदस्य मनोनित भएकोमा सल्लाहकार सोमबहादुर नेपालीलाई समेत सम्मान गरियो ।

कार्यक्रममा सांसद नन्दकलाले महिला मुक्ति, जातीय उत्थान र सशक्तकरणसँगै देशको समृद्धिमा जुट्ने प्रण गरिन् । प्रतिष्ठानले इतिहासलाई संस्थागत गर्दै सामाजिक काम गरेको जनाउँदै उनले यथासक्य यसको उत्थानमा लाग्ने जनाइन् ।

अर्का सम्मानित व्यक्तित्व सोमबहादुरले भूमि आयोगमा अपेक्षा गरिए अनुसार दलित भूमिहीनहरुको निवेदन नआएको बताए । प्रतिष्ठानका कोषाध्यक्ष उमेश सिकेले अद्भुत सहासको सम्भान र समाजमा योगदानका लागि प्रतिष्ठान गठन भएको बताए । उनले भने, ‘एउटा इतिहासलाई जीवन्त राख्दै अरु धेरै ऊर्जावान् व्यक्तित्वलाई सघाउन प्रतिष्ठान लागिपरेको छ ।’

प्रतिष्ठानका अध्यक्ष दिलबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामबहादुर बल्कुटी, सचिव शालिकराम नेपाली, भीम नेपाली लगायतले बोलेका थिए ।

Advertisement

२०६५ सालको असार १० मा पोखरा रंगशालाको सेती नदी नजिकको खोँचमा २ वर्षकी बालिका आरधना प्रधान खसेकी थिइन् । १२ वर्षीय बालक कमल नेपालीले घटनाको भोलिपल्ट आरधनालाई सकुशल खोंचबाट निकालेका थिए ।

कमल नेपालीको योगदानलाई चिरस्थायी बनाउन र सहासिक काम गर्नेहरुलाई प्रोत्साहन गर्न प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानले कमल नेपालीको जीवनीप्रधान पुस्तक प्रकाशन, चित्रकला प्रदर्शनी लगायतका कार्य गरेको छ ।

तपाईको प्रतिक्रिया