बालोदय माविमा रक्तदान कार्यक्रम

पोखरा ।
बालोदय माध्यमिक विद्यालय अन्तर्गतको जुनियर रेडक्रस सर्कलको आयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटी र क्षेत्रीय रक्तसञ्चार सेवा कास्की शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रमको सभापतिमा जुरेस बालोदयकी अध्यक्ष नविना थापाले र प्रमुख आतिथिमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्मा थिए । प्रमुख अतिथि शर्माले रक्तदान जस्तो महान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै जुरेस बालोदयले विगतका दिनहरुमा पनि प्राकृतिक प्रकोप लगायतका विषम परिस्थितिमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे।
यसैगरी बालोदयमार्ग टोलविकास समितिका अध्यक्ष गुरुप्रसाद गुरुङले रक्तदानजस्तो अति पुण्य कार्यले धेरै मानिसले पुनर्जीवन प्राप्त गर्ने भएकोले सबैले उत्साहजनक रूपमा रक्तदान गर्न आग्रह गरे ।
उक्त अवसरमा जुरेस बालोदयका संरक्षक तथा विद्यालयका संस्थापक प्राचार्य टेकनाथ पौडेलले विद्यार्थी, समाज र राष्ट्रलाई हित हुने विभिन्न सेवामूलक कार्यक्रमहरू जुरेस बालोदयले आगामी दिनहरुमा समेत सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ४३ युनिट रगत संकलन भएको कार्यक्रम सञ्चालक जुरेस बालोदयका शिक्षक नायक नारायण पोखरेलले जानकारी दिए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया