मेरो नेपाल युवा क्लबद्धारा रक्तदान कार्यक्रम, सामाजिक क्षेत्रमा होमिदै

पोखरा ।
मेरो नेपाल युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । रगतको अभावले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस भनेर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ४५ युनिट रगत संकलन गरिएको क्लबका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिए ।
साैरभ कार्कीकाे संयोजकत्वमा भएकाे कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा संघ–संस्थासंग आवद्ध रहेका मानिसको उपस्थिति भएर रक्तदानमा उपस्थित रहेका थिए ।
कार्यक्रममा उपाध्यक्ष दिनेश कुँवर, निवर्तमान अध्यक्ष दिवश कुँबर र रामेश्स्कुवरी स्कुल व्यवस्थान समितिका अध्यक्ष अंमरप्रसाद ढुंगनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कमलराज ढुंगनाले गरेका थिए ।
अध्यक्ष कुँवरको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्कीको प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अध्यक्ष कार्कीले सामाजिक कार्य तथा नागरिकका सरोकारसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा क्लबलाई बधाइ दिएका छन् । उनले रगत दान गर्नेहलाई प्रमाणपत्र वितरण गरेका थिए ।
क्लबले ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको गरेको हो । रगतको कारण पनि मृत्यु शय्यामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई अध्यक्ष कुँवरले धन्यवाद दिए ।
क्लबले यसअघि निशुल्क बाल नृत्य कार्यक्रम आयोजना गरेकाे प्रचारप्रसार समितिका संयाेजक पृथ्वी कुँवरले बताए । उनले यति बेला ६० जना बालबालिकालाई बाल नृत्य प्रशिक्षण गरिएका जानकारी दिए ।

क्लबले सामाजिक क्षेत्रमा आफूलाई जोड्दै काम गर्दै आएको छ । क्लबले पाेखरा महानगरकै एक मात्र १४ मझेरीपाटनमा सामुदायीक ब्यामशाला खोलेको छ ।
सुस्वास्थ्यका लागि सुगठिन शरिर भन्ने नाराका साथ स्थापना गरिएको क्लबमा दैनिक १ सय जना व्यामशालामा आउने उनले बताए । ‘करिब १ सय जना दैनिक सहभागी हुन्छ । यहाँ हामीले न्यूनतम शुल्क लिएर व्यामशाला खोलेका हाैं । एक जनाकाे मासिक १ हजार लाग्छ,’ उनले भने । उनले पाेखरा महानगरले खेलकुद समितिले संस्थालाई कुनै पनि आर्थिक सहयोग नगरेकामा गुनासो गरे ।

‘हामीले फाइदा भन्दा नोक्सान गरेर संस्थालाई सामाजिक कार्यक्रमा जोडेका छौं । तर, यसमा महानगरले खास्सै ध्यान दिएको छैन,’ उनले भने ।
तपाईको प्रतिक्रिया