स्ट्रोंगेष्ट कराँतेलाई नगत हस्तान्त्रण

समाधान संवाददाता २०७९ पुष २० गते १५:५८

पोखरा ।
स्व.सु.मे.धन बहादुर गुरुङको स्मृतिमा २४ औँ माछापुच्छ्रे फुलकन्टेक कराँते प्रतियोगितालाई गुरुङकी श्रीमति मनमति गुरुङ र छोरा सुन्दर गुरुङले २० सहयोग गरेका छन् । प्रतियोगिता माघ १ गते ढुंगेसाघु मेलामा हुदैँछ ।

Advertisement

स्व. गुरुङको अक्षयकोषमा पाँच वर्षदेखि खेलकुदको विकास र प्रवर्धन गर्ने र खेलाडीहरुको मनोबल उच्च पार्ने उद्देश्यले २ लाख ५० हजार जम्मा गरिएको गुरुङका छोरा सुन्दर गुरुङले बताए । उक्त रकमको व्याँजका रुपमा प्राप्त हुने रकम खेलकुद र खेलाडीहरुको हितको लागि प्रयोग गरिदैँ आएको उनले जानकारी दिए ।

स्ट्रोंगेष्ट क्योकुशिन काईकान कराँते आईके ओके सोनोदाका वरिष्ठ प्रशिक्षक शिवबहादुर गुरुङलाई सहयोग हस्तान्तरण गरीएको थियो । खेलाडीहरुको खेल प्रतिको लगाव र आर्कषण बढाउनका लागि शिवबहादुरले हरेक माघ १ गते हुने ढुङ्गे साघु मेलामा खेलको आयोजना गरिदैँ आएको जानकारी दिए । प्रतियोगितामा कास्की बाहेक अन्य जिल्लाका खेलाडीको सहभागि हुने उनको भनाइ छ ।

खेलकुद स्वास्थ्यको लागि र राष्ट्रको लागि आवश्यक भन्ने मुल नारा बोकि संघले २३ वर्षदेखि प्रतियोगिता गर्दै आएको कराँते संघ कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर नेपालीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया