जुनियर टेनिसमा शिभालीलाई दोहोरो पदक

पोखरा ।
पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सिभाली गुरुङले दोहोरो पदक जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न दुई छुट्टा–छुट्टै उमेर समुहको फाइनल खेल जित्दै उनले दोहोरो पदक जितेकी हुन् ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन गल्र्स सिंगल्स यू–१२ तर्फ शाल्भी शेरचनलाई ६–१ र ६–१ले जित्दै स्वर्ण पदक हातपारिन । उनले नगद रु ८ हजारका साथमा स्वर्ण पदक जितिन् भने उपविजेता बन्न सफल शाल्भीले नगद ५ हजार प्राप्त गरेकी छन् ।
त्यस्तै सिंगल्स गल्र्स यू–१४ को फाइनलमा शिभालीले श्वस्तिका विष्टलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन । पहिलो सेट ६–१ र दोश्रो सेट ६–२ ले पराजित गरेकी हुन् । शिभालीले उपाधि सहित नगद रु १२ हजार र उपविजेता रहेकी श्वस्तिाकाले ६ हजारका साथमा मेडल प्राप्त गर्न सफल भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जनाएका छन् ।
त्यस्तै यू–१६ गल्र्सतर्फ सिंगल्समा सुनिरा थापाले आध्या पौडेललाई वाक ओभर दिएकी छन् । त्यस्तै श्वस्तिका विष्टले सोही उमेर समुहमा प्रशंसा मोक्तानलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी छन् ।
बुधबार नै सम्पन्न यू–१४ ब्वाइज सिंगल्सतर्फ व्रिजेश अर्यालले दर्शिल श्रेष्ठलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । उनले वोरिश अधिकारी संग विहिबार हुने फाइनलमा भेट पक्का गरेका छन् । बोरिशले सृजन भट्टराईलाई सेमीफाइनमाल ६–१, ६–२ ले पराजित गरेका थिए ।
यू–१६ ब्वाइज सिंगल्सतर्फ आयुष्मान घलेले बोरिश अधिकारीलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज ओपन डबल्सतर्फ आयुुष्मान र राजविर प्रधानको जोडीले शास्वत भट्टराई र स्पान्दन उदासको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे ।
कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेका छन् ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् ।
त्यस्तै यू–१४ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १२ हजार, उपबिजेताले समान जनही नगद रु ६ हजारसहित मेडल प्राप्त गर्ने छन । यू–१६ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने संयोजक बरालले जानकारी दिएकी छन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया