राजवीर, सुनिरा र ब्रिजेशलाई उपाधि

समाधान संवाददाता २०७९ पुष २२ गते १०:५२

पोखरा ।
पोखरामा जारी दोस्रो मनुश्री भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा राजवीर प्रधान, सुनिरा थापा र ब्रिजेश अर्यालले उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बिहीबार सकिएको यु १६ उमेर समुहमा ब्वाइजतर्फ राजवीर, गल्र्सतर्फ सुनिरा तथा यु १४ ब्वाइजतर्फ ब्रिजेशले फाइनल खेल जित्दै पदक जितेका हुन् ।

Advertisement

यु १६ ब्वाइजतर्फको फाइनलमा राजवीर प्रधानले आयुष्मान हजुर घलेलाई सोझो २–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो र दोस्रो सेट समान ६–२, ६–२ ले पराजित गर्दै उपाधि जित्दा सोही उमेर समूहको गल्र्सतर्फ सुनिरा थापाले श्वस्तिका बज्रचार्यलाई ६–२, ६–२ ले पराजित गर्दैै उपाधि जितिन् ।

उपाधिसँगै राजवीर र सुनिराले जनही नगद १५ हजारका साथमा मेडल र उपविजेता बनेका आयुष्मान र श्वस्तिाकाले जनही नगद ७ हजार ५ सयका साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन् ।

यु १४ ब्वाइजतर्फ भएको फाइनल खेल ब्रिजेशले जितेका छन् । फाइनल खेलमा बोरिस अधिकारी रिटायर्ड हर्ट हुँदै उनले मैदान छोडेका थिए । पहिलो सेट ६–३ ले जितेका ब्रिजेशले दोस्रो सेट चलिरहँदा बोरिश रिटायर्ड हर्ट हुँदै मैदान छोडेका थिए । ब्रिजेशले उपाधिसहित नगद १२ हजार, उपविजेता बनेका बोरिसले नगद ६ हजारसहित मेडल प्राप्त गरेका छन् ।

१४ वटा इभेन्टमध्ये यु १४ र यु १६ का खेल सम्पन्न भएका छन् भने बिहीबारबाट यु ८, यू–९, यू–१०, यू–१२ का पहिलो चरणका खेलहरु सुरु भएका छन् । बिहीबार सम्पन्न यु ९ ब्वाइज सिंगल्स सोरा पराजुलीले वेदान्त चालिसेलाई ४–१, ४–२ ले, इभान भट्टराइले आदित्य केसीलाई ४–२, ४–१ ले, अर्याशराज पौडेलले इलेश गौतमलाई ४–०, ४–० को सोझो सेटमा पराजित गरेका छन् । त्यस्तै यू–१२ तर्फ स्पन्दन उदासले विश्ववीर डल्लाकोटीलाई ६–०, ६–० ले, सन्दीप विकले काई प्रजापतीलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाए ।

Advertisement

त्यसै गरी यु–८ ब्वाइज सिंगल्समा जिवश भट्टराई र यू–९ ब्वाइजमा सुभन केसीले आ–आफ्नो खेल जितेका छन् ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ ।

जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यु १२ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले जनही नगद ८ हजार तथा उपविजेताले जनही नगद ५ हजारसहित मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रिती बरालले जानकारी दिइन् ।

यु १४ ब्वाईज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद १२ हजार, उपविजेताले समान जनही नगद ६ हजारसहित मेडल प्राप्त गर्ने छन । यु १६ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद १५ हजार, उपविजेताले समान जनही नगद ७ हजार ५ सय तथा ब्वाइज तथा गल्र्स ओपन डबल्सतर्फ विजेताले समान जनही नगद१५ हजार र उपविजेताले समान जनही नगद ७ हजार ५ सयसहित मेडल पाउने छन् ।

तपाईको प्रतिक्रिया