नेवाः खल लेखनाथमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ पुष २२ गते १५:०२

लेखनाथ ।
लेखनाथ नेवाःखल र लेखनाथ मिसाःपुचको बिहीबार सम्पन्न छैटौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समिति अन्तरगत लेखनाथ नेवाःखलको अध्यक्षमा भैरवलाल श्रेष्ठ र लेखनाथ मिसाःपुचको अध्यक्षमा मिना श्रेष्ठलाई चयन गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा गणेश श्रेष्ठ र प्रकाशलाल श्रेष्ठ, सचिवमा बालगोपाल श्रेष्ठ, सह सचिवमा वलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा कमला श्रेष्ठ र सदस्यमा तिलाकुमारी श्रेष्ठ, पृथ्वीनारायण श्रेष्ठ, राजकुमार श्रेष्ठ, अर्जुन ताम्राकार, होमबहादुर श्रेष्ठ, पूर्णीमा श्रेष्ठ, लिलबहादुर श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सरण प्रधान, विशाल श्रेष्ठ र विजया श्रेष्ठ छन् ।

मिसाःपुच लेखनाथको प्रथम उपाध्यक्षमा इन्द्र ताम्राकार, द्धितिय उपाध्यक्षमा पवित्रा श्रेष्ठ, सचिवमा संगिता श्रेष्ठ, कोषाध्यक्षमा सर्मिला श्रेष्ठ, सह सचिवमा रेश्मा श्रेष्ठ र सदस्यमा पूर्णीमा श्रेष्ठ, पविता श्रेष्ठ, एशोदा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मीना श्रेष्ठ, लक्ष्मी प्रधान, शीला श्रेष्ठ, पुष्पा श्रेष्ठ, बिमला श्रेष्ठ, रत्न विजुक्छे र राममाया श्रेष्ठ रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भाषा र सँस्कृतीलाई जोगाई राख्न भावी पुस्तालाई अग्रसर बनाउनका लागि सँस्कार हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिए । सदस्य सचिव श्रेष्ठले गण्डकी प्रदेशमा रहेका ८४ जात जातीको भाषा र सँस्कृतीलाई जोगाई राख्नको लागि प्रतिष्ठानले सबैको भावनालाई प्रतिविम्वीत हुने गरि काम गर्दै आएको धारणा राखेका थिए ।

नेवाःखल कास्कीका अध्यक्ष असोक पालिखेले सँस्थागत हित विपरीत कुनै पनि समुहको दवाव नरही भाषा, सँस्कृती र रितिरिवाजको संरक्षणका लागि नेवाः खलले सबै ईकाइलाई सहयोग गर्दै अगाडी बढ्ने घोषणा गरेका थिए ।

Advertisement

कार्यक्रममा नेवा दय दवु कास्कीका अध्यक्ष कृष्णमान टुसाजु, मिसाःपुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ, कर्माचार्य समाज गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य लगाएतले नेपालको पहिचान भनेकै यहाँ रहेका विभिन्न जात जातीको भाषा र सँस्कृती भएकाले यसलाई जोगाई राख्नु नै नेपाललाई जोगानु हो भन्नेमा जोड ।

अर्घौपौवा नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठले नेवाः खल लेखनाथलाई आर्थीक सहयोग स्वरुप रु ३० हजार अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरेका थिए । लेखनाथ नेवाःखलका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गणेश श्रेष्ठले राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भैरवलाल श्रेष्ठ र धन्यवाद ज्ञापन लेखनाथ मिसाःपुचका अध्यक्ष सरस्वती श्रेष्ठले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया