श्रमिकको सेयर पुँजी पौने ३ करोड

पोखरा ।
श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पोखरा ९ पृथ्वीचोकको आर्थिक वर्ष २०७८÷०७९ को कुल सेयर पुँजी २ करोड ८२ लाख २० हजार कायम भएको छ । ६ सय सेयर सदस्य रहेको सहकारीको गत आर्थिक वर्षको सेयर पंँजी ४ करोड ९ लाख १० हजार थियो ।
सहकारीका कार्यवहाक अध्यक्ष बलराम पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको निक्षप बढेर ४ करोड ९७ लाख ४१ हजार ९९ रुपैयाँ पुगेको जानकारी दिए ।
सहकारीको गत आर्थिक वर्षको निक्षेप ३ करोड ७२ लाख ५२ हजार ६ सय ६६ थियो । सहकारीको शनिबार भएको ११ औं वार्षिक साधारण सभामा कार्यवहाक अध्यक्ष पौडेलले सहकारीले यस आर्थिक वर्षमा ६ करोड ३८ लाख ५७ हजार ३ सय ७६ कर्जा लगानी गरेको बताए ।
सहकारीले गत आर्थिक वर्षमा ५ करोड ८६ लाख २४ हजार ३ सय ७६ कर्जा लगानी गरेको थियो । सहकारीका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले सहकारीको जगेडा कोषमा २४ लाख ८८ हजार ३ सय २४ रुपैयाँ रहेको जानकारी दिए । उनले २ करोड ९ लाख ६८ हजार १ सय ८० बैंक मौज्दात रहेको बताए ।
संविधान सभाका सदस्य तथा जिफन्टका संस्थापक सदस्य चूडामणि जंगलीले सहकारीले सेयर सदस्यको उद्यमशीलता र समृद्धिका लागि काम गर्नुपर्ने बताए । उनले जिफन्टको नीति र नेतृत्वमा श्रमिक सहकारी सञ्चालन गरिएको जानकारी दिए । उनले सहकारीले सेयर सदस्य केन्द्रीत कारोबार गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का संसदीय तथा स्थानीय तह संयोजन समितिका अध्यक्ष मीना गुरुङले मुनाफा आर्जन गर्नुभन्दा पनि सहकारी सामाजिक मूल्य र मान्यतामा चल्नुपर्ने उल्लेख गरिन् ।
सहकारीका सल्लाहाकार टुवराज बास्तोलाले सहकारीले विविधिकरण गरी फरक फरक क्षेत्रमा लगानी गरे असुली गर्न सहज हुने बताए । सहकारीका ११ सूचककांक सुधार गर्नुपर्ने उल्लेख गरे ।
साधारण सभामा सहकारीका सचिव वृहस्पति पराजुली, सहकारीका सल्लाहकार चन्द्रप्रसाद गुरुङ, सहकारीको लेखा समितिको संयोजक मन्जुल सुवेदी, ऋण लगानी उपसमितिका संयोजक प्रेमबहादुर कार्की, सञ्चालक समिति सदस्य कर्णसिह गुरुङ, ऋण लगानी उपसमितिका सदस्य गोपीलाल लामिछाने लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया