मापदण्ड विपरीतका क्रसर उद्योगलाई कारबाही गरिने

समाधान संवाददाता २०७९ पुष २४ गते १५:३९

पोखरा ।
कास्कीमा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ । नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार बसेको बैठकले सोमबारदेखि अनुगमन गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

Advertisement

वातावरण तथा विकासका पूर्वाधारहरुमा समेत प्रतिकुल प्रभाव पारेको जन गुनासो बढेपछि उद्योगहरूको वैधनिकता र सञ्चालनको अवस्था बुझ्न अनुगमन गरिने भएको पौडेलले बताए ।

‘विवरण तयार गरि कानुन तथा मापदण्ड विपरीत सञ्चालित भएका उद्योगलाई कानुनको दायरामा ल्याइनेछौं,’ उनले भने, ‘वातावरण र विकासका पूर्वााधारमा समेत असर पारेको देखिएमा कानुन बमोजिम कारबाही गर्नेछौं ।’

Advertisement

जनहित तथा कानुन विपरीत काम गर्ने जो कोहि पनि कानुनको दायरामा आउनु पर्ने र कानुनी राज्यको अनुभुती हुने गरि अब समिती क्रियाशिल हुने पौडेलले उल्लेख गरे ।

जिल्ला समन्वय प्रमुख संयोजक रहने समितिमा पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका प्रमुख, घरेलु कार्यालयका प्रमुख, डिभिजन बन कार्यालय कास्कीका प्रमुख, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख ,राष्ट्रिय अनुसन्धान पोखरा कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख, आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया