मिस तामाङको ट्यालेन्ट राउन्ड

पोखरा ।
मिस तामाङ पोखराको ग्रान्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्रान्ड फिनाले पोखरा सभागृहमा आउँदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
२८५९ औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ जना प्रतिस्पर्धामा छन् । सातौं संस्करण प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउन्ड भएको छ ।
प्रतिभा प्रस्फुटन राउन्डमा सहभागीले बिभिन्न प्रस्तुति राखेका थिए । लक्ष्मी तामाङ, रेनुका तामाङ, अर्विना तामाङले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ र निशा तामाङले भाषण कला, विकिता तामाङले हस्तकला प्रस्तुत गरेका थिए ।
सुप्रिया तामाङ, योगिता तामाङ र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरे । विपना तामाङ, मनिषा तामाङ, जिना तामाङ, सुमित्रा तामाङ, कृतिका तामाङ, रोश्मा तामाङले साँस्कृतिक नृत्य तथा प्रिती तामाङले तामाङ गाउँका बारेमा प्रस्तुति दिएका थिए ।
ट्यालेन्ट राउन्डका निर्णायकमा गीतकार तीर्थ तामाङ, मिस तामाङ पोखराका पूर्व विजेता दिप्ती तामाङ र निमा तामाङ छन् । सहभागीलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले बताए ।
ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, गीतकार तथा ट्यालेन्ट राउन्डका प्रमुख निर्णायक तीर्थ तामाङ, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ पोखराका पूर्व विजेता निमा तामाङ लगायतले बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया