सहेलापाखो वनकाे अध्यक्षमा सरिता

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको सहेलापाखो बडहरे वन उपभोक्ता समूहको २९ औं साधारणसभा तथा १५ औं अधिवेशनल सरिता सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नारायण राईभाट, सचिव कविता घिमिरे र कोषाध्यक्षमा कृष्ण रिजाल छन् । यस्तै, सदस्यमा विनोद पाण्डे, बलबहादुर विक, लक्ष्मी नेपाली, पूजा लामिछाने, जमुना त्रिपाठी, विष्णु कोइराला, बुद्धिसागर अधिकारी, मनोज गुरुङ र प्रभा घिमिरे छन् ।
कार्यक्रममा लेखनाथ सबडिभिजन वन कार्यालयका प्रमुख रामबहादुर विकले राज्यले सम्पूर्ण अधिकार वन समूहलाई नै दिएकाले वनको उचित रुपमा संरक्षण गरी वन पैदावरको भरपुर उपभोग गर्नुपर्ने बताए ।
वन समिति अध्यक्ष अर्जुनबाबु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २७ का महिला जनप्रतिनिधि बुद्धिमाया थापा मगर, भूपू अध्यक्ष गणेशराज धमला, बुद्धिसागर अधिकारी, बुद्धिकुमार श्रेष्ठ र गीता बस्ताकोटीलाई सम्मान गरिएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया