हिमालय सहकारीमा कृष्णचन्द्र

समाधान संवाददाता २०७९ पुष २५ गते ११:३७

पोखरा ।
हिमालय बहुउद्देश्य सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णचन्द्र बरालको अध्यक्षतामा सर्वसम्ममत ११ सदस्यीय नयाँ सञ्चालन समिति चुनेको छ ।

Advertisement

समितिको उपाध्यक्षमा वीरेन्द्र पौडेल, सचिव विकास न्यौपाने र कोषाध्यक्ष लोककुमारी बराल छन् । सदस्यमा भारत ढकाल, पवित्रा ढकाल, पुष्पराज ढकाल, मनबहादुर खत्री, कमला सुवेदी ढकाल, विमला ढकाल र लेखनाथ बराल छन् । लेखा समितिमा संयोजक सन्तोष ढकाल र सदस्यमा सावित्रा ढकाल र केदारनाथ ढकाल छन् ।

सहकारीका अध्यक्ष कृष्णराज दाहालले सहकारीको गतिविधिसहित भावी कार्यक्रमसहितको प्रतिवेदन पेश गरेका थिए । सभामा कोषाध्यक्ष लोककुमारी बरालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सन्तोष ढकालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान निर्देशक श्रीराम पाण्डे, मादी गाउँपालिका–३ का वडाध्यक्ष विकास गुरुङ, सहकारीका सचिव वीरेन्द्र पौडेल र उपाध्यक्ष कृष्णचन्द्र बरालले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया