लेखनाथलाई महँगो किन ?

लेखनाथ नगरपालिका छुट्टै थियो, पोखरा छुट्टै । दुवै मिलाएर २०७३ सालमा पोखरा महानगरपालिका बनाइयो । पोखरा लेखनाथ महानगरपालिका नाम थियो, पछि लेखनाथ हटाइयो । यसै पनि दुइटा नगरपालिका गाभेकोमा साविक लेखनाथका धेरै बासिन्दाको खासै मनखुस थिएन । झन् नाम पनि हट्यो । त्यसमाथि पहिला नगरपालिका हुँदा भन्दा थोरै बजेट लेखनाथ क्षेत्रमा आयो भन्ने यहाँको गुनासो रहँदै आयो ।
पोखरा भनेर जहिल्यै साविक पोखराको बजार क्षेत्रमात्रै हेरिने, लेखनाथको वास्ता नहुने अनि ग्रामीण वडा त परै भए भन्ने दुखेसो पोखरामा सुनिन्छ । तालको नाम आउँदा पनि सधैं फेवाको कुरा हुने बेगनास, रुपा लगायत ७ सात जुन लेखनाथमा छन्, तिनै चर्चै नहुने यथार्थ पनि हो । तिनको संरक्षणको काम त परै कुरा पनि भएनन् । यसैबिच लेखनाथवासीको गुनासो के भने महानगरपालिका उही तर, पानीका लागि लेखनाथवासीलाई धेरै महसुल किन ?
हो, साविक पोखरातिर खानेपानीको न्यूनतम १० युनिट बराबर १ सय २० छ । साविक लेखनाथ नगर क्षेत्रमा १० युनिट बराबर २ सय २० रुपैयाँ छ । पुरानो पोखरातिर खानेपानी संस्थानले पानी वितरण गर्छ भने लेखनाथ खानेपानी उपभोक्ता संस्था लेखनाथतिर छ । दुई संस्थाबाट हुँदा थरीथरी मूल्य देखिएको छ । तर, खासमा खानेपानी जस्तो आधारभूत आवश्यकताको जिम्मेवारी संघीय सरकारले महानगरपालिकालाई दिनुपर्छ । लिनका लागि महानगरपालिकाले पनि पहल गर्नुपर्छ ।
पहिलो त, महानगरपालिकाले दुवै संस्थालाई महसुल दरमा एक रुपमा कायम गर्न पहल गर्न सक्छ, गर्नुपर्छ । मेयर धनराज आचार्यले त्यसको पहल गर्ने आश्वासन भने दिएका छन् । उनको आश्वासन कार्यान्वयनमा आइदेओस् । सके त ग्रामीण र लेखनाथ क्षेत्रमा झन् सस्तो महसुल भइदिनु मनासिव हुन्छ । महानगरपालिकाले त्यसबाहेक सबै नागरिकलाई आधारभूत खानेपानी पुर्याउनुपर्ने दायित्व पनि छ ।
अहिलेसम्म पोखराको ८० प्रतिशतमा मात्रै आधारभूत खानेपानीको पहुँच पुगेको छ । बाँकीलाई पनि त्यसबाट बञ्चित गरिनु हुँदैन । आधारभूत खानेपानीको समेत पहुँच नहुनु महानगरपालिकाको बासिन्दाका लागि अन्याय हो । महानगरपालिका नामबाट भन्दा कामबाट हुनुपर्छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया