पुस्तक व्यवसायी महासंघमा कविन्द्र

पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्वितीय उपाध्यक्ष ध्रुव पोखरेल, सचिव सञ्जय आचार्य, सहसचिव रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य चुनिए ।
कार्यसमिति सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टीकाराम अधिकारी, प्रकाशप्रसाद पोखरेल, सुनील सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी छन् ।
सभामा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मानव सभ्यता संस्कारको बुद्धिलाई निखार्दै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताए । पुस्तक सभ्य समाजको सुरुवातदेखि अन्त्यसम्म रहने ज्ञानको भण्डार भएको उनको भनाइ छ ।
महासंघ कास्की अध्यक्ष बैकुण्ठप्रसाद पौडेलले पुस्तक तथा स्टेसनरी व्यवसायलाई जोगाउदै कसरी अगाडी बढाउने भन्ने विषयमै विषद् छलफल आवश्यक भएको बताए । सभामा उत्कृष्ट ३ व्यवसायीलाई सम्मान गरियो । साथै यस वर्षबाट कास्कीमा क्रियाशील पत्रकारलाई सम्मान गर्न थालिएको छ ।
महासंघ कास्कीका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी, व्यवसायी कमला सुवेदी र भोलानाथ अधिकारी सम्मनित भए । क्रियाशील पत्रकारको रुपमा राजु गिरी सम्मानित भएका छन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया