समाजवादी ट्रेड युनियन पाेखरा महानगरकाे भेला
पोखरा ।
समाजवादी ट्रेड युनियन महासंघ कास्कीकाे दीलबहादुर लामाको संयोकत्वमा महानगर कमिटि गठन गरेको छ । सोमबार भएको भेलाले १३ सदस्यीय नयाँ आयाेजक कमिटि गठन गरेको हो ।
कमिटिको सचिवमा श्याम घट्ताल, कोषाध्यक्षमा खड्क विश्वकर्मा र सदस्यमा भीमबहादुर परियार, राम विक, सुरज परियार, विनोद परियार, अनिल घले, गगांदेवी रसाईली, धनकुमारी रसाईली, सरोज श्रेष्ठ, मुना पुन, मीनबहादुर परियार रहेका छन् ।
कार्यक्रमको अध्यक्षमा पोखरा महानगर स्तरीय दीलबहादुर लामा थिए भने जनता समाजवादी पार्टीका गण्डकी प्रदेश सह इन्चार्ज धनप्रसाद तामाङ प्रमुख अतिथिमा थिए ।
कार्यक्रममा संघको केन्द्रिय कमिटि उपमहासचिव झलक पौडेल, पार्टीका जिल्ला अध्यक्ष हर्कबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष केशव थापा, जिल्ला उपाध्यक्ष सन्तोष सुनारको उपस्थिति थियो ।
उपमहासचिव पौडेलले मजदुर एकता आजको आवश्यकता भन्ने नारालाई आत्मसाथ गर्दै अधिकारका लागि सबै मजदुर संगठित हुनुपर्ने बताएका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया