मिडियाकप फुटसल आजबाट

पोखरा ।
रेडियो सराङकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार अन्तर मिडियाकप फुटसल प्रतियोगिता सुरु हुदैँछ । रेडियोले स्थापनादेखि विविध समुदायमुखी सामाजिक कार्यहरु गर्दै आएकोमा यस वर्ष पोखराका मिडिया संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध गाँस्न भन्दै फुटसल प्रतियोगिता गर्न लागिएको र सो को तयारी समेत पुरा भएको रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए ।
पोखरामा रहेका मिडियाहरु एकल तथा ३ वटा सम्म मिडिया संस्थाहरुबिच समूह बनाई प्रतियोगिता सहभागिता रहेको रेडियोका स्टेशन प्रमुख योगेन्द्र श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.४० हजार, दोश्रोलाई रु. २५ हजारका साथै मेडल प्रमाणपत्र सहित सहभागी खेलाडीहरुलाई विषयतगत उत्कृष्टताको आधारमा सम्मान गर्ने तयारी आयोजकले गरेको छ । सोही अवसरमा पोखरामा कार्यरत महिला पत्रकाहरुबिच मैत्रीपूर्ण खेल समेत हुने भएको छ ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा वि.सं. २०६३ सालमा सुरु गरिएको रेडियोले यसअघि प्रतिभाको खोजी, प्रणय गजल प्रतियोगिता, पहिलो मिडियाकप, आकस्मिक रक्तदानका साथै दैनिक रुपमा रेडियो प्रसारण गर्दै आएको छ । मिडिया कप फुटसल प्रतियोगिता गणेशटोलस्थित वि.फिट स्पोर्टसमा हुने आयोजकले जनाएको छ ।








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया